देश

गगनको अधिवेशन ः भृकुटीमण्डपमा पैसाको खोलो, १५ करोड कट्यो, मासु–भातमै धेरै, कहाँबाट आयो पैसा ? (भिडियोसहित)


काठमाडौं— काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको कुम्भ मेला चल्दा कांग्रेस संस्थापन पक्षको उपेक्षाका बीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा ७७ वटै जिल्लाका प्रतिनिधि यसमा सहभागी भए । पार्टीभित्र सुधार, पारदर्शिता र जनमुखी राजनीतिको नारा बोकेका गगनलाई भृकुटीमण्डपमा भइरहेको ‘मासु–भात’ खर्चको प्रश्नले घेर्न थालेको छ । विशेष महाधिवेशन खर्चका हिसाबले निकै महँगो देखिएको छ । महाधिवेशन स्थलको भाडादेखि प्रतिनिधि, कार्यकर्ता र समर्थकको खाना–खाजासम्ममा करोडौँ रुपैयाँ खर्च भएको छ ।