अन्तर्राष्ट्रिय

भारतको अन्तरिक्ष मिसनमा धक्का, विश्वासिलो रकेट नै फेल, नेपाली विद्यार्थीको पनि अन्तरिक्ष सपना अपुरो (भिडियोसहित)


काठमाडौं— भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को सन् २०२६ को पहिलो मिशन (पीएसएलभी–सी ६२) विफल भएको छ । नेपालसहित १६ वटा भूउपग्रह (स्याटलाइट) बोकेको उक्त रकेटलाई स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १८ मिनेटमा भारतको आन्ध्र प्रदेशस्थित श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । इसरो प्रमुख डा. भी. नारायणनका अनुसार रकेट प्रक्षेपणको तेस्रो चरणमा प्राविधिक गडबडी आएका कारण रकेटले आफ्नो बाटो बिराएको हो ।
यसअघि गत वर्ष मे १८ मा पनि इसरोको पीएसएलभी–सी ६१ मिशन तेस्रो चरणमै प्राविधिक खराबीका कारण असफल भएको थियो । उक्त मिशनमार्फत ईओएस–०९ अर्थ अब्जर्भेशन स्याटलाइटलाई ५२४ किलोमिटरको उचाइमा स्थापित गर्ने लक्ष्य राखिएको थियो ।