काठमाडौं— कांग्रेसको संस्थापन पक्षमाथि दबाब बढाउँदै विशेष महाधिवेशनमा होमिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भृकुटीमण्डपबाट पार्टीलाई नयाँ बनाउने र ठिक ठाउँमा उभ्याउने शंखघोष गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले अब नीति र नेतृत्व नै फेर्ने महाधिवेशन प्रतिनिधिहरुको चाहना रहेको बताए । यो उत्साहले कांग्रेसलाई कहाँ उभ्याउँछ त्यो आफूलाई पनि थाहा नभएको उल्लेख गर्दै उनले बाहिर देखिएजस्तो कांग्रेसभित्र झगडा नभएको बरु त्यो विचारको संघर्ष रहेको दाबी गरे । महामन्त्रीद्वयलाई लक्षित गर्दै जति आरोप लगाए पनि आफूहरुले कांग्रेसलाई नयाँ बनाउने र ठिक ठाउँमा उभ्याउने दाबी गरे ।
देश


प्रतिक्रिया