काठमाडौं— तेलको राजनीतिले अमेरिका र रुस फेरि एकपटक आमनेसामने हुने अवस्थाले विश्व अर्थतन्त्रमाथि नै ठूलो हलचल आउन सक्ने खतरा बढेको छ । अमेरिकाले रुसविरुद्ध कडा प्रतिबन्धहरु लगाउन सदनबाट एउटा विधेयक नै पारित गर्ने तयारीले भारत, चीन, ब्राजिल लगायतका देशसमेत प्रभावित हुने भएका छन् । यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध कडा प्रतिबन्धहरूसँग सम्बन्धित एउटा विधेयकलाई स्वीकृति दिएका छन् । ‘इकोनोमिक टाइम्स’का अनुसार यस विधेयकमा रुसबाट तेल खरिद गर्ने देशहरू, विशेष गरी भारत, चीन र ब्राजिलमाथि ५०० प्रतिशतसम्म ट्यारिफ (भन्सार शुल्क) लगाउने प्रावधान छ । रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले बुधबार ह्वाइट हाउसमा राष्ट्रपतिसँग कुराकानी भएको र ट्रम्पले संसदमा यो विधेयक पेश गर्न हरियो झण्डा देखाएको बताएका छन् । यो विधेयक पछिल्लो केही महिनादेखि तयार पारिँदै थियो र यसलाई आगामी हप्ता संसदमा मतदानका लागि ल्याइने सम्भावना छ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया