देश

सच्चिँदै रास्वपा ः पाँच जना समानुपातिकबाट आउट ! बालेन र कुलमानको कोटामा को थपिन्छन् ? (भिडियोसहित)


काठमाडौं— रास्वपाको लोकप्रियतामा झ्याप्पै सांसद बन्ने लालचासहित समानुपाति सूचीमा परेकाहरुले धमाधम नाम फिर्ता लिन थालेका छन् । पुराना दलमाथि आलोचना गर्दै आएको रास्वपा नै नातावादमा डुबेर समानुपातिक समावेसिताको मर्ममै प्रहार गरेको भन्दै आलोचना भयो । रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाह मिल्दा पार्टीमा उत्साह भरिएको थियो । तर, कांग्रेस–एमालेकै चरित्रको यो कदमसँगै कार्यकर्ता समेत निराश बनेका थिए । जसको सामाजिक सञ्जालमा व्यापक विरोध त भइरहेको छ नै पुराना दलहरूलाई समेत आलोचना गर्ने अवसर मिल्यो ।
चर्चित कलाकार, नेपो किड्सदेखि संभ्रान्त, धनाढ्यहरुको नाम नै सूचीमा पर्दा आलोचना खेप्नु परेपछि लामिछानेले सूची सच्याउने बताएका थिए । सभापतिले भने जस्तो सच्याउन त्यति सहज नहुँदा उम्मेदवारहरूले धमाधम बन्दसूचीबाट नाम फिर्ता लिने घोषणा पनि गरिरहेका छन् ।