काठमाडौं— भदौ २३ को जेनजी आन्दोलनमा २१ युवाको ज्यान गयो । आन्दोलनले परिवर्तनको म्यान्डेट दियो । त्यो म्यान्डेट यी तीन पात्रले पाए । रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ । एक थिए, जो जेनजीको रगतमा प्रधानमन्त्री बन्न जेलबाट निस्किए । अर्का पात्र जसले आन्दोलन उक्साए, तर युवा सहिद हुँदा मलामीसम्म गएनन् । र अर्का पात्र जसले मलामीमै गएर सलामी खाए । अहिले यी तीनवटै पात्र जेनजीकै नाममा एक भएका छन् । तर, दुःखका साथ भन्नुपर्ने भएको छ, कार्यकर्तामा मिलनको उत्सव चलिरहेकै बेला केन्द्रमा नेताको मनोमानी सुरु भएको छ । उनीहरुको यही उल्टो बाटोले एकताको आयु घटाउने जोखिम बढाएको छ । पुराना पार्टीका गतिविधि बिर्साउने एकीकृत रास्वपाका केही गतिविधि देखाउँदैछौँ ।
देश


प्रतिक्रिया