राजनीति

कांग्रेसको बन्दसूची– भीमसेनदास प्रधान, चन्द्रमोहन यादवदेखि उर्मिला थपलियासम्म


काठमाडौं–नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको बन्दसूचीमा पदाधिकारीदेखि पूर्वमन्त्री र सांसद समेत समेटिएका छन् । कांग्रेस स्रोतका अनुसार बन्दसूचीमा सहमहामन्त्री भीष्म आङदेम्बे, पूर्वमन्त्री अर्जुननरसिंह केसी, भीमसेदनास प्रधान लगायत छन् ।

केसी यसअघि प्रतिनिधि सभामा सदस्य थिए भने प्रधान काठमाडौंबाट निर्वाचित पूर्वसांसद तथा मन्त्री भइसकेका व्यक्ति हुन् । यस्तै, पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादवदेखि तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थसम्म सूचीमा छन् । यादव संविधानसभा सदस्य समेत बनेका थिए ।

कांग्रेसको बन्दसूचीमा युवा नेत्री उर्मिला थपलिया, कविता यादव लगायत छन् । कांग्रेसले मंगलबार बिहान मात्र सूचीलाई अन्तिम रूप दिएको हो । भागबण्डामा सहमति जुट्न नसकेपछि कांग्रेसले सूची बुझाउन ढिला गरेको हो ।