देश

रवि–बालेन मिल्दा एमाले आक्रामक, हर्ककै गम्भीर आरोप, कांग्रेसका नेता पनि खनिए, चर्चितका टिप्पणी यस्तो (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— झण्डै एक साताको भागदौड, भेटघाट अनि पटक–पटकको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच “बृहत् एकता” भएको छ । गत सोमबार कमलपोखरीस्थित असिम शाहको निवासमा ६ घण्टाको भेट, बिहीबार करिब तीन घण्टाको छलफलपछि लामिछाने र बालेनबीच ७ बुँदे समझदारी भएको हो । यी दुई चर्चित अनि लोकप्रिय व्यक्तिहरूको मिलनले नेपाली राजनीतिमा एकप्रकारको तरङ्ग नै ल्याइदिएको छ, जसको प्रभाव अहिले सामाजिक सञ्जालभरि व्यापक देख्न सकिन्छ ।
रवि–बालेनको मिलनप्रति सबैभन्दा बढी नेकपा (एमाले) ले टिप्पणी गरेको छ । अरूभन्दा अलि बढी नै आक्रामक देखिएका एमालेका एकपछि अर्का नेताहरूले यसमा प्रतिक्रिया जनाइरहेका छन् । एमाले महासचिव शङ्कर पोखरेलले नाम उल्लेख नगरे पनि विध्वंसकारी गतिविधिको योजनाकार र सञ्चालकहरू क्रमशः सार्वजनिक भइरहेको उल्लेख गरेका छन् ।