काठमाडौं— स्थानिय तहको निर्वाचनमा अत्याधिक मतका साथ विजय भएका र केन्दी्रय राजनीतिमै छाप पार्ने गरी लोकप्रियता कमाएका चर्चीत मेयरहरु अहिले राष्ट्रिय राजनीतिमा होमिरहेका छन् । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ, मेयरको काम भन्दा पनि आ–आफ्नै राजनीतिक गतिविधिमा व्यस्त देखिएका छन् । कोही प्र्रधानमन्त्री बन्ने दौडमा छन् त कोही आफ्नै पार्टी खोलेर देशको प्रमुख दल बनाउने दौडमा । पाँच वर्षको कार्यकाल सकिन अझैं १६ महिना बाँकी हुदाँ उनिहरु सरकारी कामकाज छाडेर नेता बन्ने दौडमा व्यस्त देखिएका हुन् । यसलाई केहीले लोकप्रियताको उन्माद भनेका छन् भने कहीले सेवाको क्षेत्र अझ फराकिलो बनाउन खोजेको अर्थमा पनि विश्लेषण गरेका छन् ।
देश


प्रतिक्रिया