काठमाडौं— ११औँ महाधिवेशन सकिएलगत्तै नेकपा एमाले समानुपातिकतर्फको बन्दसूची तयार पार्नेदेखि भित्री रूपमा प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न थालेको छ । प्रधानमन्त्री सुशीला कार्कीले ‘अध्यक्ष ओलीको मुख नहेर्ने’ बताए पनि बालुवाटारमा संवाद भएपछि ओलीको बोली पनि फेरिएको छ । अहिले फागुन २१ को निर्वाचनको सबैभन्दा धेरै विरोध गर्ने दल नै एमाले बनिरहेको छ । संसद् पुनःस्थापनालाई एजेन्डा बनाएर सडक संघर्ष गर्ने उद्घोष गरेको र संसद् ब्युँताउन अदालत पुगेको एमालेले सडक तताउने बताए पनि भित्री रूपमा चुनावी तयारीमै देखिन्छ । चुनावका लागि सरकारसँग विभिन्न सर्त अघि सारेको एमाले नेतामाथिको स्थानहद रोकेको विषयमा रुष्ट बनेको छ । बाहिरी रूपमा संसद् पुनःस्थापनाको मुद्दालाई जोडदार रूपले उठाइरहेको र फागुन २१ को निर्वाचनलाई चुनौती दिइरहेको एमाले, सरकारले वातावरण बनाए चुनावमा जान तयार रहेको र आफ्नो दलले बहुमत ल्याउने दाबी अध्यक्ष ओलीले सार्वजनिक मञ्चबाटै गरेका छन् ।
देश


प्रतिक्रिया