काठमाडौं— दुई थान चार पांग्रे सवारीसाधन आवातजावत गर्नसमेत गाह्रो हुने साँघुरो बाटो छेवैको घरमा यतिखेर सबैभन्दा बढी घुइँचो लागिरहेको छ । न त्यहाँ कुनै भोजभतेर चलेको छ न त कुनै दलको महाधिवेशन नै । यसका बाबजुद काठमाडौं उपत्यकाका अन्य घरहरू जस्तै सामान्य रहेको ललितपुरको ज्वागल गल्लीस्थित चार तल्ले घर दुई दिनदेखि सबैको नजरमा छ । हिजो अस्तिसम्म सामान्य हिँड्डुल गर्दा पनि खास्सै कसैले वास्ता नगर्ने उक्त घरमा बुधबारदेखि भने पत्रकारदेखि नेताहरू समेत खोजी खोजी पुगिरहेका छन् । कारण हो, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बलेनले बढाएको राजनीतिक सक्रियता । बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवास अहिले राजनीतिक भेटघाटको इपी सेन्टर बनेको छ ।
देश


प्रतिक्रिया