देश

विदेशमा बस्नेलाई छैन मतदानको मौका, कांग्रेस–एमालेलाई फाइदा, गृहमन्त्रीसँग सागर कड्किए (भिडियोसहित)


काठमाडौं— फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले उतैबाट मतदान गर्न पाउने व्यवस्थाको निकै चर्चा भएको थियो । यसका साथै नेपालभित्रै पनि एक जिल्लाका मतदाताले अर्को जिल्लाबाटै भोट हाल्न पाउने (अन्तरजिल्ला भोटिङ) व्यवस्था गरिने कुराले निकै प्राथमिकता पाएको थियो । २०३७ सालको जनमत सङ्ग्रहमा विदेशमा बस्ने नेपालीले मतदान गरेको इतिहास दोहोरिने चर्चाले विदेशमा रहेका र नेपालभित्रै थातथलोभन्दा बाहिर रहेका मतदाताहरू उत्साहित भएका थिए । यस विषयमा नेपाल सरकार, निर्वाचन आयोग र सरोकारवालाहरूबीच पटक–पटक छलफल पनि भए । यहीक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले पनि उत्साहित हुँदै फागुन २१ को निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समानुपातिकतर्फ भए पनि मतदान गर्न पाउने व्यवस्था गरिने बताएका थिए ।