काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच सोमबार रातभर चलेको म्याराथन छलफलले अहिले राजनीतिमा नयाँ हलचल ल्याएको छ । रास्वपा नेता असिम शाहको निवासमा भएको यो भेटघाट सामान्य मात्र थिएन । करिब ६ घण्टा चलेको यो अन्तरङ्ग वार्ताले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ । रातको समयमा दुवै जना एउटै गाडीमा बाहिरिएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जाल तातिएको छ । दुई प्रभावशाली ‘क्रेज’ भएका नेताहरू एकै ठाउँमा उभिँदा देखिन सक्ने राजनीतिक दृश्य कस्तो रहला भन्ने आम चासो बढेको छ । कतिपयले त रविले बालेनलाई प्रधानमन्त्रीको ‘अफर’ गरेकोसम्म चर्चा गरेका छन् । जहाँ रवि र बालेन आफूहरूबीचको वार्ता र एकताको प्रयासलाई अब कुलमान घिसिङदेखि सुदन गुरुङसम्म तन्काउने तयारीमा रहेको खबर समेत बाहिरिएका छन् । तर, के यो ध्रुवीकरण यति सहज छ त ? प्रश्न पेचिलो छ ।
देश


प्रतिक्रिया