देश

रविको बुटीले जोगिएला ओमप्रकाशको गृहमन्त्री पद ? चौतर्फी बढ्यो हटाउन दबाब, श्रममन्त्रीको च्याँखे (भिडियोसहित)


काठमाडौं— शक्तिशाली भनिएको नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालमाथि शिक्षामन्त्रीको आक्रोश । जब आफ्नै एउटा मन्त्रीको ढंग देखेर अर्को मन्त्री सन्तुष्ट छैनन् भने त्यो देशका नागरिक कति सन्तुष्ट होलान् ? अनि विद्रोही जेनजी किन असन्तुष्ट नहोलान् ? गृहमन्त्री अर्याललाई हटाउने हल्ला ब्यापक चलेकै बेला सोमबार बालुवाटारमा भएको एक छलफलपछि उनीसँग शिक्षामन्त्री पुनले असन्तुष्टि पोखेको भिडियो अहिले चर्चामा छ ।
जेनजीले भ्रष्टमाथि कारबाही माग्दा गृहमन्त्रीमाथि भने विदेशमा भएका नेपाली, त्यो पनि नभए एक जिल्लाबाट अर्को जिल्लामा रहेका नागरिकलाई भोट हाल्ने व्यवस्था समेत गर्न नसकेको असन्तुष्टि थियो यो । यसबाहेक अहिले अर्यालसँगको मुख्य असन्तुष्टि कायम छ ।