काठमाडौं— नेकपा एमालेको ११औं महाधिवेशनबाट फेरि पनि केपी शर्मा ओली नै तेस्रो पटक पार्टी नेतृत्वमा आएपछि अब कम्तीमा पनि पाँच वर्षका लागि नेतृत्व परिवर्तनको आवाज बन्द भएको छ । नयाँ म्यान्डेटले ओलीलाई नै पार्टी हाँक्ने जिम्मा दिँदा नेतृत्वमा परिवर्तन खोज्नेहरू एक पटक फेरि चुकेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, जो एमालेकी पूर्वउपाध्यक्ष समेत हुन्, उनी पक्षधरका नेताले ओलीसँग भिड्ने हिम्मत गरे पनि सफल हुन सकेनन् । दुई कार्यकाल पार्टीको उपाध्यक्षको भूमिकामा रहेर काम गरे पनि भण्डारीलाई पार्टी सदस्य बन्नबाट समेत वञ्चित गराएपछि ओलीलाई अध्यक्षमा रोक्न उनले आफ्नो तर्फबाट ईश्वर पोखरेललाई चुनावी प्रतिस्पर्धामा उतारिन्, तर उनको प्रयास विफल भयो । जसले गर्दा उनी अब थप सङ्कटमा पर्ने देखिन्छ । किनभने अध्यक्षमा निर्वाचित भइसकेपछि ओलीले जुन खालका अभिव्यक्ति दिइरहेका छन्, त्यसले उनी झन् कठोर रूपमा प्रस्तुत हुने सन्देश दिइसकेका छन् ।
देश


प्रतिक्रिया