देश

ओली–रवि दोहोरो फायर, सुशीलाले मैदान उतारिन्, चुनावको भिडन्त, ओलीले गुनको हिसाब खोजे (भिडयोसहित)


काठमाडौं— जेलबाट रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी माहौल बनाउन लागेसँगै पुराना दलहरू गोलबद्ध हुन थालेका छन् । सरकारसँग मिलेर कांग्रेस–एमालेलाई टक्कर दिँदै अघि बढेका उनको निशानामा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । ओलीले संसद् पुनःस्थापनाको मुद्दालाई बलियो पार्दै लगेको तथा कांग्रेस फकाउने रणनीति लिएपछि रविले उनलाई नै तारो बनाएका हुन् । यसैको उदाहरणस्वरूप आइतबार दिउँसो पार्टी कार्यालयमा उनले प्रतिनिधि सभाको चुनाव तोकिएकै समयमा हुनुपर्ने बताएका थिए । ओलीतर्फ संकेत गर्दै उनले निर्वाचन बिथोल्न केही शक्तिहरू सक्रिय रहेको तर त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिएका थिए ।