काठमाडौं— जेन–जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सय दिन पूरा गरेको छ । राजनीतिक भाषामा यो अवधि सरकारका लागि ‘हनिमुन पिरियड’ मानिन्छ—जहाँ ठूला निर्णय, स्पष्ट दिशा र जनतामा आशा जगाउने काम अपेक्षित हुन्छन् । तर निर्वाचन गराउने सीमित कार्यादेशसहित बनेको कार्की सरकारले पनि सय दिनमा सुशासन र सेवा प्रवाहमा आफूलाई विगतका सरकारभन्दा फरक साबित गर्न सकेन । यद्यपि, प्रधानमन्त्री कार्कीले सय दिन पूरा भएको अवसरमा सम्बोधन गर्दै चुनाव र सुशासनमा उल्लेख्य प्रगति भएको दाबी गरिन् ।
देश


प्रतिक्रिया