काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक चरणमा समानुपातिकतर्फका उम्मेदवारका लागि ३ सय ५८ जनाको नाम सार्वजनिक गरेको छ । सातै प्रदेशबाट पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहनेहरूले धमाधम आवेदन दिइरहेका छन् । रास्वपाले समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क २५ हजार रुपैयाँ तोकेको छ । जसअनुसार हालसम्म ३ सय ५८ जनाबाट कुल ८९ लाख ५० हजार रुपैयाँ संकलन गरिसकेको देखिन्छ । प्रदेशस्तरीय अवस्थालाई हेर्दा । बागमतीबाट मात्रै ९४ जनाले आवेदन दिँदा कर्णाली प्रदेशबाट सबैभन्दा कम २१ जनाको आवेदन परेको छ । रास्वपालाई पहिलो प्रयासमै ठूलो शक्तिका रूपमा स्थापित गर्ने मुख्य आधार समानुपातिक मत बनेकाले प्रत्येक नेताहरूको प्राथमिकता समानुपातिक उम्मेदवार बन्ने नै देखिन्छ । त्यसैले चर्चित अनुहारहरू पनि प्रत्यक्षतर्फ चुनाव लड्नुभन्दा पार्टीले प्राप्त गर्ने मतबाट नै सदन प्रवेश गर्ने सहज बाटो रोजिरहेका छन् । यहाँ केही त्यस्ता चर्चित अनुहारहरूको चर्चा गरौं, जसले ‘घण्टी’लाई प्राप्त हुने मतलाई नै सिँढी बनाएर छातीमा सांसदको लोगो भिर्ने अपेक्षा गरिरहेका छन् ।
देश


प्रतिक्रिया