काठमाडौं— आठ महिनाको कारागार बसाईंपछि पहिलो पटक आफ्नै निर्वाचन क्षेत्र चितवन पुगेका रवि लामिछानेको पक्षमा ठूलै मानवसार उर्लियो । एमालेले देशभरबाट ल्याएका कार्यकर्ता टप्नेगरीको शक्ति रविको पक्षमा चितवनका सर्वसाधारणले मात्र देखाइदिए । संयोग पनि कस्तो, आठ महिना अघि २०८१ चैतमा शनिबारकै दिन पारेर चितवनमा आमसभा गर्ने योजनामा रहेका रास्वपा सभापति लामिछाने शुक्रबार बेलुकै पक्राउ परे । त्यसपछि भैरहवा हुँदै नख्खु कारागार सरुवा भएका लामिछाने बिगोवाफतको पौने तीन करोड रुपैयँ बुझाएर शुक्रबार मात्र रिहा भएका हुन् । शुत्रलबारै नवलपरासी र चितवनमा कार्यक्रम गर्ने तयारी भए पनि समय अभावले एन । शनिबारै आफ्नो निर्वाचन क्षेत्र पुगेका लामिछानेको पक्षमा देखिएको समर्थकको भिड देख्दा लाग्थ्यो, उनको रापताप फर्काइदिन कार्यकर्ता व्यग्र प्रतिक्षामा थिए ।
देश


प्रतिक्रिया