काठमाडौं— चुनाव गराउने मुख्य म्यान्डेटसहित बनेको अन्तरिम सरकारसँग अब तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउन जम्मा ७८ दिन बाँकी छ । फागुन २१ मा नै चुनाव सम्पन्न गराउन सरकारको निर्देशनअनुसार निर्वाचन आयोगले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । साना राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाइरहँदा मुलुक क्रमशः चुनावको माहोलतर्फ धकेलिरहेको छ । विभिन्न कम्युनिस्ट पार्टी एकीकृत गरेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सन्देशसभाका नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पार्दै तोकिएको मितिमा नै निर्वाचन हुनुपर्ने प्रष्ट मत जाहेर गरेको छ भने, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ । तर, देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भने खासै चुनावको पक्षमा देखिएका छैनन् । उनीहरूले चुनावी प्रक्रियामा भाग लिँदै दल दर्ता गराए पनि तोकिएकै मितिमा निर्वाचन हुनेमा दुई पार्टी सशङ्कित छन् । फलतः उनीहरू चुनावमा होमिन आनाकानी गरिरहेका छन् ।
देश


प्रतिक्रिया