काठमाडौं–नागरिकको चरम निराशा र असन्तुष्टिले जेनजी आन्दोलनको आँधी ल्यायो । त्यसमाथि संरचनागत सुधार र निराशा चिर्न बनेको दुई ठूला दलको सरकारको असफलता, अदालतदेखि देशका सबै अंगहरुमाथि उठेका प्रश्न लगायतका कारण यो आन्दोलन स्वभाविक थियो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय यसको एक कारक थियो । तर, यो मात्र प्रमुख थिएन । तर, पछिल्ला केही घटनाक्रम र केही देशहरुका अस्वभाविक गतिविधिले विदेशी गन्धसमेत आउन थालेको छ ।
सुरुमा केही देशका अस्वभाविक गतिविधि हेरौँ । सरसर्ती हेर्दा शुभकामना र बधाई दिनुलाई मात्र सामान्य मान्न सकिन्छ । तर, दक्षिणी छिमेकी भारतले तीन फरक माध्यममार्फत सुशीला कार्की प्रधानमन्त्री बनेकोमा सुभकामना र बधाई दिएको छ । सुरुमा भारतको विदेश मन्त्रालयले शुभकामना दियो ।
त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तीन भाषा (नेपाली, हिन्दी र अंग्रेजी)मा शुभकामना दिए । यतिसम्म अवस्था स्वभाविक नै हो । तर, नेपालमा कुनै पनि सरकार बन्दा भारतीय सरकार प्रमुखले वक्तव्यमार्फत लिखित शुभकामना दिए पनि सार्वजनिक मञ्चबाटै शुभकामना दिएको भेट्न मुस्किल पर्छ । तर, मोदीले त्यही दिन मणिपुर पुगेर कार्की र नेपालबारे चर्चा गर्दै शुभकामना दिए ।


प्रतिक्रिया