देश

सरकारी सेवा आइतबारबाट सुचारु गरिने


काठमाडौं— आन्दोलनपछि रोकिएको सरकारी सेवा भोली आइतबारबाट सुचारु गरिने भएको छ । नया सरकार गठन भएसँगै स्थिति सामान्यतर्फ गएकाले अब सेवा अघि बढाउन लागिएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ । सेवा सञ्चालन गर्न सबैलाई निर्देशन दिइसकिएको छ ।

सिंहदरबारभित्रका कार्यालयहरू पनि वैकल्पिक व्यस्थापन गरेर काम गरिने छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन आग्रह गरेको छ ।