राजनीति

रूपन्देहीको उपचुनाव स्वतः रद्द


काठमाडौँ । कार्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचन रद्द भएको छ । जेनजी आन्दोलनपछि यसअघिको सरकार फेरिएको छ भने संघीय संसद पनि विघटन भइसकेको छ ।

०७९ मा रूपन्देही ३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि उक्त स्थान रिक्त छ।

प्रतिनिधिसभा विघटन भइसकेको नयाँ चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब कात्तिक१७ को यहाँ निर्धरित उपनिर्वाचन स्वतः रद्ध हुने भएको हो ।