समाचार

जेनजी : विद्रोहीदेखि सरसफाइसम्म, लुटिएका सामान र हतियार नै फिर्ता, सिंहदबारको डाटा सुरक्षित (भिडियोसहित)


काठमाडौँ । जेन जी आन्दोलनपछि छाएको चौतर्फी शून्यतालाई चिर्दै केही सकारात्मक कामको प्रयाससमेत सुरु भएको छ । सेना सडकमा आएपछि सुरक्षा अवस्था बलियो बन्दै गर्दा भागेका कैदीहरू समेत पक्राउ पर्दैछन् । त्यस्तै, सरसफाइमा जेन जी देखि युवाहरू अघि बढ्दा लुटिएका सामान फिर्ता गर्न स्थानीय लागिपरेको अवस्था छ ।