काठमाडौँ – अमेरिकी सेनाले तालिबान लडाकुविरुद्ध कारवाही गरेको छ । सीएनएनका अनुसार अफगान सेनाको समर्थन गर्दै बिहीबार राति अमेरिकी सेनाले कान्दहर प्रान्तमा दुईपटक आक्रमण गरेको र तालिबानको हतियारहरु नियन्त्रणमा लिएको बताइएको छ ।
तालिबानसँगको सहमतिअनुसार अमेरिकासँगै नेटोमा आवद्ध विदेशी सेनाहरुले यसै वर्षको सेप्टेम्बर ११ भित्र अफगानिस्तान छाडिसक्नु पर्नेछ । सेना फर्काउने प्रक्रिया जारी रहँदा अमेरिकाले आक्रमण गरेको हो जसले तालिबानलाई चिढ्याएको छ ।
सन् २०२० फेब्रुअरी २९ मा अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच अफगानिस्तानमा ‘शान्ति र स्थायित्व’ बहाल गर्ने सम्झौता भएको थियो ।
जसअनुसार नेटोका सेनाले तालिबानलाई आक्रमण गर्न पाउँदैनन् भने तालिबानले उनीहरुलाई आक्रमण गर्न पाउँदैनन् । सहमतिअनुसार तालिबानले युद्ध र आक्रमण त्यागेर अफगान सरकारसँग राजनीतिक समाधान खोज्नुपर्नेछ ।
अमेरिकाले ३१ अगस्ट भित्रै आफ्नो सेना फर्काइसक्ने बताइसकेको छ । समयमै विदेशी सेना अफगानिस्तानबाट फर्कनुपर्ने बताउँदै उनीहरु नफर्किए ती सेनाहरुलाई कब्जा गर्ने समूहको रुपमा हेर्ने तालिबानको चेतावनी छ ।
तर सहमति विपरित तालिबानहरुले अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गर्न थालेपछि अमेरिकाले तालिबानमाथि आक्रमण गरेको हो । गएको ३० दिनयता अमेरिकाले तालिबानविरुद्ध ६ देखि ७ पटक आक्रमण गरेको जनाइएको छ । अमेरिकी अधिकारीहरुका अनुसार तालिबानले अफगानिस्तानको ४१९ जिल्लामध्ये २१३ जिल्ला कब्जा लिइसकेको छ ।
पछिल्लो समय अफगानिस्तानबाट विदेशी सेना फर्कन थालेपछि सन् २००१ देखि सुरुवात भएको अफगान युद्ध अन्त्यको संघारमा पुगेको थियो । तर अमेरिका र तालिबान फेरि एक अर्काविरुद्ध आक्रमणमा होमिएपछि यो युद्ध अन्त्य नहुने देखिएको छ ।
सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा अमेरिकाको वर्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो । चार विमान हाइज्याक हुँदा दुई विमान वर्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो। एउटा विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा खसेको थियो भने एउटा पेन्सेल्भेनियाको चौरमा खसेको थियो। यो घटनामा ३ हजार जनाको ज्यान गएको थियो ।
त्यसबेला तालिबानले अफगानिस्तानमा सरकार चलाइरहेका थिए। ओसामा बिन लादे त्यहीँ भूमिगत भएर बसेका थिए। अमेरिकाले उनलाई सुम्पन भनेको थियो तर तालिबानले अस्वीकार गरेपछि अमेरिकाले तालिबानमाथि आक्रमण थालेको थियो ।
सोही वर्षको अक्टोबर ७ बाट अमेरिकी आक्रमण सुरुवात भएको थियो। नोभेम्बर १३ सम्ममा तालिबान विस्थापित भइसकेका थिए। त्यसयता अमेरिका र नेटोका सेना अफगानिस्तानमा रहँदै आएका थिए ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले अफगानिस्तानबाट सेना फर्काउने वाचा गरेका थिए। सन् २०२० फेब्रुअरीमा उनकै पहलमा तालिबानसँग वार्ता भएको थियो । सहमति अनुसार अमेरिकी सेना फर्कँदै गर्दा तालिबानले भने शान्ति स्थापना गर्ने भन्दा आक्रमणको घटनालाई बढावा दिएको देखिएको छ। सीएनएन र बीबीसीको सहयोगमा


प्रतिक्रिया