काठमाडौं । बक्यौता भुक्तानीको माग सम्बोधन भएसँगै दुग्ध उत्पादक किसानहरू आन्दोलन स्थगित गरेका छन् ।
आज सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबीच भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन्।
केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन लगायत संस्थाहरूले किसानको अर्बौं बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलनमा उत्रेका थिए ।
सहमतिअनुसार २०८२ असार मसान्तसम्मको बाँकी बक्यौता रकम ५ असोजभित्र भुक्तानी गरिनेछ । त्यसैगरी, साउन महिनासम्मको बक्यौता ३० असोजभित्र चुक्ता गरिनेछ ।


प्रतिक्रिया