काठमाडौं— हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन । भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ।
दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने परम्परा छ ।
कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन्।भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकनीका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्रीहरु बताउछन् ।


प्रतिक्रिया