काठमाडौँ — शेर्पा संचार समूह नेपालका केन्द्रीय सदस्य पेमा हिसी शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट किलिमञ्जारो ५८९५ मिटर सफलतापूर्वक आरोहण गरेका छन् । शेर्पाले दक्षिण अफ्रिकानजिकै तान्जानियामा अवस्थित विश्वप्रसिद्ध हिमाल किलिमञ्जारोको शिखरमा आफ्नो यात्रा पूरा गरेका हुन ।
उनले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सफल भएको भन्दै संस्थाले उनलाई बधाई तथा शुभकामना दिएको छ। शेर्पा संचार समूह नेपालका अन्य सदस्यहरूले पनि यस उपलब्धिलाई गौरवपूर्ण उपलब्धि भएको बताएका छन्। हिमाल आरोहणमार्फत नेपाली युवाले अन्तर्राष्ट्रिय क्षेत्रमा निरन्तर योगदान दिइरहेको भन्दै पेमा शेर्पाको यस सफलतालाई प्रेरणादायी कदमका रूपमा लिइएको छ । शेर्पाले यस अघि नेपालका दर्जनौं हिमाल आरोहण गरिसकेका छन् ।


प्रतिक्रिया