शिक्षा

कांग्रेस–एमालेले पेलेरै पास गरे शिक्षा विधेयक, प्रतिपक्षको फरक मत, बोर्डिङ स्कुलका सञ्चालक सडकमा (भिडियोसहित)


काठमाडौं— अन्ततः ठूलो रस्साकस्सीकाबीच विद्यालय शिक्षा विधेयक, २०८०’ प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको छ । सडकमा शिक्षक र प्रहरीको भिडन्त, सदनमा सांसदहरूबीचको नोकझोक र प्रतिनिधिसभाको शिक्षा समितिमा सदस्यहरुबीचको बाझबाझपछि लामो समय लगाएर विधेयक समितिबाट पारित भएको हो । बिहीबार बिहान ९ बजेदेखि सिंहदरबारमा निरन्तर बसेको समितिको बैठकले प्रतिनिधिसभामा पेस गर्ने गरी विधेयक पारित गरेको हो । बिहीबार नै दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि छोडेर विधेयकमा सहमति जुटाइएको थियो । योसँगै ५२ वर्षपछि विद्यालय शिक्षा सम्बन्धि नयाँ कानुन बन्ने आशा पलाएको छ ।