काठमाडौं— प्रमुख सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदा प्रतिवेदनबारे निर्णय गर्नेगरी भदौ १३ गते बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।
तल्ला कमिटीहरूबाट संकलन भएको सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने एमालेको तयारी छ । भदौ १० गतेभित्र सुझाव संकलन गरिसक्नेगरी एमालेले डेडलाइन तोकेर अपानि १२ जारी गरेको थियो । उक्त अपानि बमोजिम प्रदेश, जिल्ला, जनसंगठन र विभागहरूमा सुझाव संकलन भइरहेको छ ।
प्राप्त सुझावहरु समेटेर दोस्रो विधान महाधिवेशनमा केन्द्रीय कमिटीबाट राजनीतिक, संगठनात्मक र विधान प्रतिवेदन प्रस्तुत हुने छ ।


प्रतिक्रिया