समाचार

बेखबर विपिनको खोजीमा इजरायलका शीर्षस्थ नेतासँग परिवारको हारगुहार, आरजुको पहल, खै नतिजा ? (भिडियो)


काठमाडौं— कृषि अध्ययन गर्न इजरायल पुगेका नेपाली विद्यार्थी विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासबाट बन्धक बनेको २२ महिना बित्यो । अक्टोबर ७, २०२३ मा इजरायलको दक्षिणी भू–भाग ‘अलुमिम’को किबुज क्षेत्रबाट अपहरणमा परेका विपिनको अवस्था अहिलेसम्म अज्ञात छ । उनी कहाँ छन्, कस्तो अवस्थामा छन्, अत्तोपत्तो छैन । आफ्नो छोरा र दाइको खोजीमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी यतिबेला इजरायलमा छन् । तेल अभिभ, जेरुसेलम लगायतका मुख्य सहरहरूमा पुगेर उनीहरू विपिन रिहाइको अपिल गरिरहेका छन् ।