काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताए ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिष्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको बताउदै नेपालको अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान रहेको बताए ।
नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको पनि बताए । सभापति देउवाले सबैको अधिकारलाई ग्यारेन्टी गर्ने संविधान आफूहरुले बनाएको बताए ।


प्रतिक्रिया