काठमाडौं— डा. स्वर्णिम वाग्लेले ‘भाउजु शासन’का कारण भन्दै नेपाली कांग्रेस छाड्दा उडाउने डा. रामेश कोइराला अहिले सामाजिक सञ्जालको मसला बनिरहेका छन् । घुम्नका लागि अमेरिका पुगेका उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नपाएपछि उतैबाट राजीनामा दिएपछि यो अवस्था आएको हो । जहाँ उनले महामन्त्री गगन थापा र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको भने प्रशंसा गरेका छन् । यसको अर्थ उनको नियुक्ति रोकिनुमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री तथा उनकी श्रीमती डा. आरजु राणा नै कारण रहेको प्रष्ट संकेत गर्छ । खरो स्वभावका र धमाधम बजार अनुगमन गरिरहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहाल पाँच महिनामै सरुवामा परे । सामान्यतया कुनै पनि विभागीय प्रमुखको सरुवा कम्तीमा एक वर्ष नपुगी गरिँदैन भने दाहाल त यसै पनि ४ महिनापछि अवकाशमा जाने समय भएका कर्मचारी थिए । तर दाहालको एक प्रहार निजी विद्यालयको शुल्कमाथिको मनपरीमा पनि भयो । उनले उपभोक्ता संरक्षण ऐनले शिक्षालाई पनि ‘सेवा’ मानेको तर्क गर्दै निजी विद्यालयको शुल्क र अन्य शीर्षकमा लिइने रकमको अनुगमन थाले ।
राजनीति


प्रतिक्रिया