काठमाडौं— पार्टीभित्रै प्रतिपक्षीजस्तो भूमिकामा देखिने कांग्रेस नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवादेखि अन्य नेतामाथि समेत टिप्पणी गर्न पछि पर्दैनन्, त्यसैले उनले सत्तारुढ दल एमालेलाई बाँकी राख्ने कुरै भएन । नेता कोइराला जहाँ–जहाँ पुग्छन्, त्यहाँ–त्यहाँ एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आलोचनाको वर्षा गरिहाल्छन् । सरकारमा एमालेसँगको सहकार्यलाई लिएर रुष्ट बनेका उनी बेला–बेला ठूलो दलको हैसियतले सरकारको नेतृत्व अब कांग्रेसले लिनुपर्ने भन्दै पार्टी सभापति देउवामाथि नै दबाब बढाउँछन् । त्यसो त, एमालेसँगको सहकार्यले कांग्रेसलाई झनै कमजोर बनाएको भन्दै सहकार्य तोडेर ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने उनको निचोड छ । यिनी तिनै नेता हुन्, जसले गत असारअघिसम्म कांग्रेस–एमाले मिल्नुको विकल्प छैन भन्दै वकालत गर्ने गरेका थिए ।
राजनीति


प्रतिक्रिया