समाचार

विपिन जोशीको रिहाईको लागि पहल भईरहेको छ :प्रधानमन्त्री ओली


काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका विपिन जोशीको साथमा सरकार रहेको बताएका छन् । हाल विपिनका आमा पद्मा र बहिनी पुष्पा विपिनलाई खोज्दै इजरायल पुगेका छन् । यही सन्दर्भमा सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका हुन् ।

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत् निरन्तर संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे । इजराइलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति ओलीले धन्यवाद दिएका छन् ।

विपिनको रिहाइका लागि प्रभावकारी कुटनीतिक कदम चल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । यसैबीच, विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपतिलाई भेटेर विपिनको रिहाइका लागि याचना गरेका छन् ।