काठमाडौं— कैदिबन्दीको सामान्य अधिकार अन्तगर्त आफ्नो पाइ पर्ने जिल्लामा सरुवा गरि पाउ भनि रास्वपा सभापति रवि लामिछानेले गत जेठ १४ गते दिएको निवेदन अनुसार सनिवार भैरहवा कारागार देखि ललितपुरको नख्खु कारागार सरुवा भएका छन् । कैदीबन्दीको सामान्य अधिकारअन्तर्गत आफ्नो पायक पर्ने जिल्लामा सरुवा गरिपाऊँ भनी रास्वपा सभापति रवि लामिछानेले गत जेठ १४ गते दिएको निवेदनअनुसार शनिबार भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सरुवा भएका छन् । पुरानो जीर्ण भवन, एकान्तवास, अत्यधिक गर्मी र परिवारजनलाई भेट्न पनि समस्या भएको भन्दै लामिछानेले दिएको निवेदनमा जिल्ला अदालत रुपन्देहीले गत जेठ १६ गते नै सरुवाका लागि अनुमति दिएको थियो । तर, अदालतको सो आदेश गृहमन्त्री रमेश लेखकको टेबुलमा रोकिएको आरोप रास्वपाले लगाउँदै आएको थियो, जुन शनिबार करिब साढे दुई महिनापछि कार्यान्वयनमा आएको छ । लामिछानेको कारागार सरुवाको विषय रोकिँदा उनकी पत्नी निकिता पौडेलले समेत गृहमन्त्री लेखकमाथि प्रश्न उठाएकी थिइन् । स्वयं गृहमन्त्री लेखकले पनि यस विषयमा स्पष्टीकरण दिनु परेको थियो ।
देश


प्रतिक्रिया