काठमाडौं— अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएका राई र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट टुक्रिएर बनेको राष्ट्रिय मुक्ति पार्टीबीच बिहीबार एकताउन्मुख कार्यगत एकता घोषणा भएको हो । अध्यक्षद्वय राई र महतोले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दस्तावेजमा भनिएको छ, ‘जातिभेद, वर्णभेद, रङ्गभेद र सबैखाले शोषण, उत्पीडन र विभेदका विरुद्ध विश्वव्यापी रूपमा उठेका न्यायपूर्ण सङ्घर्ष एवं राष्ट्रिय मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता तथा साथ समर्थन गर्ने ।’
मधेशको मुद्दा र पहिचानको आन्दोलनलाई सधैँ सत्ता राजनीतिको भ¥याङ बनाएका महतो २०७९ को निर्वाचनमा आफ्नै गृहजिल्ला सर्लाहीबाट पराजित भएपछि संसद प्रवेशको ढोका बन्द हुन पुग्यो । उनले आफ्नो विरासत मात्र गुमाएनन्, सत्ता राजनीतिको खेलमैदानबाट बाहिरै बस्न बाध्य भए ।
राजनीति


प्रतिक्रिया