काठमाडौं— आफ्नै पार्टिभित्र समेत घेरिएपछि वल्लतल्ल माहोल सम्हालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले शान्त छन् । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टि र राष्ट्रियता प्रजातन्त्र पार्टि चम्किईरहेका छन् भने सडकमा जाने सक्ने अवस्थामा उनी छैनन् । यहिकारण मुद्धाविहिन र अलमलमा जस्तो देखिएका प्रचण्ड राजनीतिक रुपमा खरो टिप्पणी समेत गरिरहेका छैनन् । यो बीचमा अरु दललाई रुपन्देही ३ को उपनिर्वाचनको सरगर्मीले छोएको छ भने प्रचण्डलाई यसले समेत खासै छुएको देखिदैन् । जवकि एमाले विधान महाधिवेशनको रस्साकस्सीमा छ भने कांग्रेस उपनिर्वाचन केन्द्रीत गतिविधिमा सक्रिय छ । मध्यपहाडी राजमार्ग केन्द्रीत अभियानले आर्जन भएको चर्चा र रवि लामिछाने बोकेर प्राप्त गरेको सहानुभूति समेत भिजिट भिषा प्रकरणमा गरेको आत्मसर्मणले सकिएको छ । अर्कातर्फ सरकार समेत ढल्ने अवस्था छैन् भने यो बीचमा कांग्रेस खुमलटार आएर कांग्रेसका नेताहरुले देखाएको आशा सपनामै सिमति भएको छ । डा. शेखर कोईराले तताएको माहोल समेत टाईटाई फिस भयो । अर्थात गृहमन्त्री रमेश लेखकलाई साथ दिएर सत्ताको ढोक्सा थापेको समेत काम लागेन् ।
राजनीति


प्रतिक्रिया