काठमाडौं— केही दिनयता नेपालको तराईनजिक रहेको पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट दक्षिणतर्फ सरेको छ । सोहीकारण नेपालमा मनसुन केही कमजोर हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालको कुनै पनि भूभागमा भारी वर्षा नभएको महाशाखाले जनाएको छ ।
आज बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा भएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया