काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो ।चक्रेसँग राजेश खड्कालाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ । अन्य १७ जनाको हकमा भने १० र २० हजारको दरले धरौटी तोकिएको छ ।
आदेशपछि उनीहरू धरौटी बुझाएर निस्कने प्रक्रियामा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले चक्रे आजै छुट्ने अवस्था नरहेको बताए ।
उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरको मुद्दा भएकाले भक्तपुर पठाइने बताए । उता जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले पनि काठमाडौंबाट छुटिकसेले ज्यान मार्ने उद्योगको मुद्दा भक्तपुरमा रहेकाले चक्रेलाई भक्तपुर ल्याइने बताए ।


प्रतिक्रिया