काठमाडौं— सदनका पहिलो र दोस्रो ठूला दल मिलेर सत्तासमीकरण बनाउँदा केन्द्र सरकारमा केही हदसम्म स्थिरता देखिएको छ । तर, एक–अर्काका प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमाले स्थिरता दिन मिलेको भनिए पनि प्रदेशमा भने अस्थिरता कायमै छ । झन्डै दुईतिहाइको सरकार भए पनि कतै पार्टीको आन्तरिक कलह त कतै नेताका स्वार्थका कारण प्रदेशमा नेतृत्वका लागि सङ्घर्ष चलिरहेको छ । आफ्नै पार्टीको नेतृत्वमा रहेको बाग्मती प्रदेशमा बहादुरसिंह लामालाई हटाएर कांग्रेसले इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाए पनि त्यहाँ कुर्सीको खेल सकिएको छैन । बानियाँले दलभित्र अन्तरसंघर्ष गरेर मुख्यमन्त्रीको यात्रा तय त गरे तर आफ्नै पार्टीका प्रदेश सदस्यहरू उनको विपक्षमा उभिँदा विश्वासको मत अन्योलमा परेको छ । यही साउन २७ गते विश्वासको मत लिने तयारीमा रहेका बानियाँलाई मत दिन कांग्रेस र एमालेले ह्विप नै जारी गरेका छन् ।
देश


प्रतिक्रिया