काठमाडौं— राजा फर्काउने निर्णायक भनिएको आन्दोलनले एक बनाएको राप्रपामा फेरि किचलो सुरु भएको छ । पूर्वनवयुवराज हृदयेन्द्र शाहको सक्रियता अर्को आन्दोलनको मोड बन्न सक्ने भए पनि राप्रपाको आन्तरिक संघर्ष चरम उत्कर्षमा पुगेको छ । नेताहरु स्पष्ट कित्ताकाटमा उत्रिँदा पार्टी विभाजनकै बाटोमा पुगेको हो ? वा शक्ति हत्याउने महाधिवेशन केन्द्रित कसरत ? भन्ने चासो बढेको छ । हुन पनि यो विवादको प्रस्थान बिन्दु भने राजा फर्काउने आन्दोलन नै बनेको छ । आन्दोलनका संयोजक रहेका नवराज सुवेदीमाथिको कारबाही र असन्तुष्ट पक्षले निर्वाचन आयोग नै गुहार्दा अध्यक्ष राजेन्द्र लिङ्देन भने आक्रामक बन्दै कारबाहीको क्रमलाई झनै तीव्र पारेका छन् । अर्कोतर्फ पार्टी छोड्नेहरुको संख्या पनि उत्तिकै छ । यही बेला लिङ्देनले भने महाधिवेशन केन्द्रित तयारी सुरु गरिसकेका छन् ।
देश


प्रतिक्रिया