काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तारोहणपछि सर्वाधिक चासोमा रहेको दक्षिणी छिमेक भारत भ्रमणको सुनिश्चितता भएको छ । प्रधानमन्त्री ओली दुईदिने औपचारिक भ्रमणका लागि आगामी भदौ ३१ गते भारत जाने भनिए पनि भ्रमण हुने वा नहुनेमा आशंका थियो । यही अन्योलका बीच प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो बोकेर भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ पहिलो साता नेपाल आउने भएका छन् । ओलीको आसन्न भारत भ्रमणको ब्रिफिङ लिन मिश्री नेपाल आउन लागेका हुन् । भदौ १ गते काठमाडौँ ओर्लिने कार्यतालिका रहेका मिश्रीले नेपाल बसाइँका क्रममा प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतसँग भेट गर्नेछन् । उनले ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिने स्रोतको भनाइ छ ।
देश


प्रतिक्रिया