काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालको विवाद उत्कर्षमा पुगेको छ । सार्वजनिक कार्यक्रम हुँदा वा पार्टीकै कुनै कार्मक्रम एकले अर्कालाई नंग्याउन कुनै कसर बाँकी राखेका छैनन् ।
यी दुई नेताको दैनिकी र समय अहिले एकले अर्कालाई सकेसम्म खुल्याउनेमा विति रहेको छ। नेपाल र खनाबीच पहिले देखि नै मनमुटाव भए पनि झलनाथले एमालेसँगको फुटले औचित्य पुष्टि गर्न नसकेको भनेपछि दुईबीचको खटपट सतहमा आएको हो ।
खनालको अभिव्यक्तिबाट असन्तुष्ट बनेका माधवले विराटनगरमा झलनाथलाई पार्टीमा बस्ने नैतिक अधिकार नभएको भन्दै खुरुक्क राजीनामा दिनु पर्ने भनेपछि विवाद झनै उत्कर्षमा पुग्यो । झलनाथलेमसेत माधवको बचन भूइमा खस्न नपाउँदै घरमै पत्रकार बोलाएर भ्रष्टाचारको मुद्दा लागेको व्यक्ति नेतृत्वमा बस्न नहुने आशयबाट माधवले नै नैतिकता देखाउनु पर्ने भन्दै कडा शव्दमा आलोचना गरे ।
राजनीति रुपमा अहिले माधव र झलनाथको पानी बाराबारकै स्थिती छ । दुवै नेताले त्यसलाई निरन्तरता दिँदा एकअर्का लक्षित कटाक्ष चलिनै रहेको छ । शुक्रबार माधवले ओलीकै सेवा गरेर बसे हुन्छ भन्दा झलनाथले पनि नै एक पटक ऐनामा आफूलाई नियालेर हेर्न सुझाव दिएका छन् ।
शिर्ष नेताले एक अर्कालाई पार्टी छाडेर जान धम्की दिएपछि यो विवादलाई हल गर्न समाजवादीले वैठक मार्फत समाधान निकाल्ने योजना बनाएको छ।
बाकी भिडियोसहित


प्रतिक्रिया