देश

भारतबाट ४० नेपाली महिलाको उद्धार गरी काठमाडौं ल्याईयो


काठमाडौं । घरेलु कामदारको रुपमा खाडी मुलुक लैजाने उद्देश्यले भारत पु¥याइएका ४० नेपाली महिलालाई काठमाडौं फिर्ता ल्याइएको छ ।

रुपन्देहीको सुनौली नाकाबाट दिल्ली पु¥याइएका ४० नेपाली महिलालाई उद्दार गरेर आज काठमाडौं फिर्ता ल्याइएको हो । दिल्लीस्थित नेपाली दूतावास, प्रहरी सहचारी, भारतीय प्रहरी र किन इन्डियाको संयुक्त पहलमा ४० नेपाली महिलालाई उद्धार गरी काठमाडौं ल्याइएको हो ।

उद्धार गरेर सुनौली हुँदै स्थलमार्गबाट दिउँसो काठमाडौं ल्याइएका उनीहरुलाई अहिले शक्ति समूह लगायतका संस्थामा राखिएको छ । सिनामंगल र गोकर्णस्थित सेल्टर हाउसमा उद्दार गरेर ल्याइएका महिलाहरूलाई राखिएको छ ।

बुधबार रातिदूतावास र भारतीय प्रहरी समेतको सहयोगमा दिल्लीका चार वटा होटलबाट ६३ महिलाको रेस्क्यु गरिएको थियो । तीमध्ये एक महिलाको युरोपको भिसा लागेको समेत पाइएको थियो । बाँकी २२ महिला भने रोमानिया लगायत युरोपका देशहरु जाने तयारीमा थिए ।