काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएकाछन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्नेकुरा गर्न पार्टीको अनुशासन विपरित रहेको तर्क गरे ।
विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए । पार्टीको हित र पक्षमा मात्रै प्रचार प्रसार गर्न र सञ्चार माध्यममा अभिव्यक्ति दिन उनको निर्देशन छ ।
अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपीशर्मा ओली प्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने टिप्पणी गरे । प्रधानमन्त्री केपीशर्मा ओलीले ३० वर्ष सम्म तीन सन्तान जन्माउन आग्रह गरेको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुशीहुने र पुरस्कार दिनसक्ने कटाक्ष गरे ।
०००


प्रतिक्रिया