काठमाडौं— दुई पूर्वप्रधानमन्त्री एवं फरक फरक पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको दोस्ती नयाँ होइन । सशस्त्र द्वन्द्वकालदेखि नै दोस्ती निभाउँदै आएका माधव–प्रचण्ड राष्ट्रिय राजनीतिमा सत्तामा होस् वा सडक, प्रायः सँगै देखिन्छन् । वि.सं. २०७५ मा एमाले–माओवादी मिलेर बनेको नेकपा कालमा यी दुई नेता थप नजिकिए । नेकपामा रहँदा तत्कालीन अध्यक्ष केपी शर्मा ओलीसँगको अन्तरद्वन्द्वले यी दुई नेताको दोस्तीलाई थप प्रगाढ बनायो । नेकपा विभाजनपछि प्रचण्ड नेतृत्वको माओवादी पुरानै हैसियतमा फर्कियो भने माधवले वि.सं. २०७८ भदौमा एमालेबाट अलग हुँदै एकीकृत समाजवादी पार्टी गठन गरे । प्रचण्डकै पहलमा माधव–प्रचण्डले वि.सं. २०७९ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरे । चुनावपछि गठबन्धन फेरियो । चुनावमा गठबन्धन गरेको कांग्रेसलाई धोका दिएर प्रचण्डले ओलीसँग हात मिलाए र उनको समर्थनमा प्रधानमन्त्री बने । तर, त्यो सहकार्य लामो समय टिक्न सकेन ।
राजनीति


प्रतिक्रिया