समाचार

चौतर्फी घेरिएपछि बोल्न छोडे बालेन, फेसबुकमा लेख्दैनन् स्टाटस,रुपन्देही–३ बाट दलको घोषणा गर्दै ? (भिडियोसहित)


काठमाडौं— फेसबुक स्टाटसकै भरमा तहल्का पिट्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो समय गुमनाम छन् । महानगरको हित, नेताका कदम, तथा विकृति र विसंगतिविरुद्ध खरो उत्रिएर चर्चामा आउने मेयर शाहले मौनता साँधेका छन् । सरकारका एकपछि अर्का मन्त्री घुस प्रकरणमा तानिनेदेखि निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा सरकारको नियतमाथि नै प्रश्न उठ्दासमेत उनी चुपचाप छन् । महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको भन्दै राष्ट्रपति भवनदेखि सिंहदरबार हुँदै मन्त्री क्वार्टरसम्मको फोहोर नउठाएर जुहारी खेल्दै सरकारलाई हायलकायल पार्ने उनै बालेन शाह आखिर किन गुमनाम बने ? यो अहिले सर्वसाधारणको चासोको विषय बनेको छ ।मेयर बालेन शाह त्यस्ता व्यक्ति हुन्, जसका कामले स्थानीय सरकारको भूमिका के हो र एउटा मेयरले चाहँदा जनताका लागि के–के गर्न सक्छ भन्ने पाठ उनैले सिकाए । तर, उनको यो हुटहुटी अहिले एकाएक सेलाएको देखिन्छ ।