काठमाडौं— कुलिङ अफ पिरियडमा भएको गड़बडीबारे छानबिन गर्न गठित संसदीय समितिले मंगलबार छानबिन प्रतिवेदन पेस गरेसँगै राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडामाथि सांसदहरुले नैतिकताको प्रश्न उठाएका छन् । प्रतिवेदन पेस भएको भोलिपल्ट बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले विभिन्न टिकाटिप्पणी गरेका हुन् । सो प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई कुलिङ पिरियडमा भएको छेडखानीमा जिम्मेवार गहर गरिएको छ । जुन विषयलाई लिएर बुधबारको संसद बैठकमा प्रतिपक्षी दलहरु माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले जोडतोडका साथ उठाए । निरन्तर ७२ दिनसम्म ३० औँ बैठक बहिष्कार गरेको रास्वपाका प्रवक्ता मनिष झाले कुलिङ पिरियडमा देखिएको गड़बडीमा सभापति खतिवडा जिम्मेवार देखिएको उल्लेख गर्दै पदमा बस्न उचित नहुने बताए । रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सहकारी प्रकरणमा जोडेर कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले जुन शैलीमा राजीनामा माग गरेका थिए, त्यही शैलीमा बुधबारको बैठकमा झाले ‘रामहरिको नैतिकता खै ?’ भन्दै पटकपटक आक्रोश पोखे ।
देश


प्रतिक्रिया