काठमाडौं—संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य चीनले कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने विदेश नीति अवलम्बन गरेको छ । अर्थात्, युद्धरत कुनै पनि पक्षलाई हतियार आपूर्ति नगर्ने चीनको प्रतिबद्धता छ । तर, परम्परागत मौन कूटनीति बदल्दै अन्तर्राष्ट्रिय समुदायमा सक्रियता बढाएको चीनले आफ्नो अहस्तक्षेपकारी नीतिको सिद्धान्त पालना गरिरहेको दाबी गरे पनि पछिल्लो समय युद्धरत पक्षहरूलाई हतियार सहयोग गरेको भन्दै आलोचित बनेको छ । सैन्य सहयोग गरेको आरोपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा चीनविरुद्ध छानबिन हुनुपर्ने आवाज उठिरहेको छ । अमेरिकाले चीनले रुस र इरानलाई सैन्य सहयोग गरेको भन्दै आर्थिक प्रतिबन्धको डण्डा चलाइरहेको छ । गत अप्रिलमा भारत–पाकिस्तान युद्धमा प्रत्यक्ष सघाएको भनिएको चीनले युद्धरत रुस र इरानलाई पनि साँच्चिकै हतियार सहयोग गरिरहेको हो त ?
अन्तर्राष्ट्रिय


प्रतिक्रिया